२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीले धितोपत्र बजारमा सूचिकृत हुनुपर्ने

१५ जेठ, काठमाडौँ । निश्चित रकमभन्दा बढी पुँजी भएको कम्पनीलाई अनिवार्य रूपमा धितोपत्र बजारमा सूचिकृत हुनुपर्ने व्यवस्था गरिने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।

पुँजीबजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्ड नेपालको संस्थागत सुदृढीकरण गरिने उनले बताए । नेपाल स्टक एक्सचेन्ज र सिडीएस एंड क्लियरिङ हाउसको संरचनागत सुधार गरीने समेत उनले बताए ।

प्रकाशित मिति : 17:15