३ असार २०८१, सोमबार | Mon Jun 17 2024

पाँचौं एक्का सम्मेलनः ९ जिल्लाका विद्यार्थीले बनाए वातावरण सुधारका योजना


१४ जेठ, काठमाडौँ । पाँचौं एक्का राष्ट्रिय विद्यालय क्लब सम्मेलन सम्पन्न भएको छ। देशका ९ जिल्लाका विद्यालय क्लबका विद्यार्थीहरु काभ्रेको धुलिखेलमा जम्मा भएर वातावरण सुधारका लागि दिर्घकालिन योजना तयार पार्दै पाँचौ एक्का सम्मेलन सम्पन्न भएको हो।

वातावरण संरक्षण शिविर (एक्का नेपाल) ले जेठ ८ देखि ११ गतेसम्म ‘अबको भविष्य, दिगो विकासको लागी शिक्षा’ भन्ने विषय वस्तुमा केन्द्रित भई पाँचौं एक्का राष्ट्रिय विद्यालय क्लब सम्मेलन आयोजना गरेको थियो। विद्यालय क्लबहरु बीचमा विद्यालय क्लबका गतिविधिहरूको जानकारी आदान प्रदान गर्नु, विद्यालय क्लबको दिगोपना र आत्मनिर्भरता बढाउनु तथा जलवायु परिवर्तन, बालबालिकाको अधिकार, विद्यालयको वातावरण, पानी, स्वास्थ्य, सरसफाई सम्बन्धी ज्ञान प्रदान गर्नु र सामुदायिक विकासका प्रयासहरूमा बालबालिकाको सहभागितालाई बढावा दिनु मूख्य उद्धेश्य रहेको एक्का नेपालका कार्यकारी निर्देशक योगेन्द्र चित्रकारको भनाइ छ।

सम्मेलनले विद्यालय क्लबको ‘मेरो क्लब र यसको दिगोपन’ शीर्षकमा प्रस्तुतीकरणमा विज्ञहहरुद्धारा विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको लागि विषयगत सत्रहरू सञ्चालन गरेका थिए। यस्तै बिज्ञान प्रविधि तथा गणितमा आधारित ग्लोब कार्यक्रम र ज्ञान बजार कार्यक्रम सञ्चालन गरिएको थियो। ज्ञान बजारको उत्कृष्ट ६ प्रस्तावनालाई प्रति विद्यालय नगद २५/२५ हजार रुपैयाँ प्रदान गरिएको छ।

उत्कृष्ट प्रस्तावना बनाउनेहरुमा हरि आधारभूत विद्यालय

झापाले ‘वातावरण संरक्षण सम्बन्धि सचेतना कार्यक्रम’, थानी आधारभूत विद्यालय धनकुटा ‘जडिबुटी बगंैचा र विश्राम स्थल निमार्ण’ गणेश माध्यमिक विद्यालय चितवन ‘विद्यालय तथा सामुदायिक सरसफाई कार्यक्रम’ कान्देश्वरी आधारभूत विद्यालय चितवन ‘विद्यालय बगैँचा र दैनिक सरसफाई कार्यक्रम’ र विलियम पब्लिक स्कूल ललितपुर ‘शून्य प्लास्टिक पहल (इको–ईट्टा)’ र महेन्द्र माध्यमिक विद्यालय काभ्रेले ‘फोहोर व्यवस्थापन र कम्पोस्ट मलको उत्पादन’ सम्बन्धी प्रस्तावना बनाएका थिए।

यस्तै प्लास्टिकबाट हुने प्रदुषण र व्यवस्थानिमा विद्यालय क्लबको भूमिका बारे चित्रकला र मेरो विद्यालय क्लब उत्कृष्ट र क्रियाशिल छ किनभने भन्ने शिर्षकमा भिडियो प्रतियोगिता गरिएको थियो। विजेताहरुलाई पनि पुरस्कार दिइएको छ।सम्मेलनले विज्ञान, प्रविधि ,शिक्षा र गणित शिक्षा र भावनात्मक बौद्धिकतालाई विद्यालयहरुमा शिक्षण सिकाइ प्रक्रियामा जोडिने, वातावरण र वन्यजन्तु संरक्षणमा स्थानीय सम्पदा संरक्षण र स्थानीय ज्ञानको पूर्ण उपयोग गरिने, समावेशी र अपाङ्गमैत्री विद्यालय वातावरणको लागि प्रयास गरिने, विद्यालयहरुले सुरक्षित पिउने पानीसँगै ल्याण्डफिलहरुमा जाने फोहोरलाई कम गर्न फोहोर व्यवस्थापन कार्यक्रमलाई प्रवद्र्धन गर्ने र सकरात्मक सिकाइ वातावरण सिर्जना गर्न विद्यालय क्लबहरुलाइृ समर्थन र सशक्त गरिने निष्कर्ष समेत निकालेको वरिष्ठ कार्यक्रम अधिकृत विपिन श्रेष्ठको भनाइ छ।

सम्मेलनमा ९ जिल्ला काठमाडौं,ललितपुर, काभ्रेपलाञ्चोक, दोलखा, चितवन, रुपन्देही, धनकुटा, झापा र मोरङबाट विद्यार्थीहरु सहभागि भएका थिए। यस्तै सम्मेलनमा अन्तर्राष्ट्रिय स्तरबाट थाइल्याण्ड र ताइवानबाट समेत गरी विद्यालय क्लवका सदस्यहरु १४७ जना सहभागि थिए। यस्तै विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र शिक्षकहरुको समेत सहभागिता थियो।

त्यसका अतिरिक्त आयोजकको तर्फबाट २६ जना, आईयुसीएन, युनेस्को, जर्मन नेपाल सहयोग संस्था, फिनल्याण्ड दुतावास, लुम्बिनी बौद्ध विश्वविद्यालय, रोटरी क्लब, र अन्य संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो। सम्मेलनको उद्धघाटन बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्यले गरेका थिए। सम्मेलनमा सहभागिहरुलाई वृत्तचित्र प्रदर्शन, सास्कृतिक प्रदर्शन, वातावरणीय खेल, योग तथा ध्यान सत्र र इसीमोड पर्यावरण पार्क र चिडियाखानासँगै भुक्तपुर विश्व सम्पदा स्थलको अवलोकन समेत गराइएको थियो।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार १८:०५