३ असार २०८१, सोमबार | Mon Jun 17 2024

ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराजमा सामान किन्दा १५ प्रतिशतसम्म छुट


१३ जेठ, काठमाडाैँ । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना कार्डवाहक ग्राहकलाई दराज अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आईएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

यो योजना जेठ १३ गतेदेखि ३ महिनासम्म सञ्चालनमा रहने छ । बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत वा रु ५०० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा रु।७५० सम्म छुट पाउनेछन् । यस योजना अवधिभर हरेक महिना १० वटासम्मको खरिदमा यो छुट पाइने छ ।

ग्लोबल आईएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई विशेष विशेष योजनाहरू सार्वजनिक गर्दै आएको छ ।

यसअघि पनि ३ महिना संचालनमा रहेको यस छुट योजनामा उत्साहजनक सहभागिता भएकाले यो योजना पुनः संचालन गरिएको हो ।

बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आईतवार १९:३४