३ असार २०८१, सोमबार | Mon Jun 17 2024

भ्रष्टाचार मुद्दा खेपीरहेकी ललिताको नेतृत्वमा पत्रकार महासंघको केन्द्रीय कार्यालयमा ताला


१३ जेठ, काठमाडौं । भ्रष्टाचार मुद्दा खेपीरहेकी नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता  शाहको नेतृत्वमा नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको छ । आइतबार दिउँसो शाहको नेतृत्वमा गएका नेपाली कांग्रेसमा क्रियाशिल पत्रकारहरूको समूहले महासंघमा तालाबन्दी गरेको हो ।

उनीहरूले पत्रकार महासंघको सदस्यता विधान वमोजिम संगठन समिति र केन्द्रीय समिति मार्फत पास गरेर मात्रै सार्वजनिक गर्नुपर्ने, स्वघोषित कार्यदलले तयार पारेको सूची खारेज गर्नुपर्ने, सदस्यता शुद्धिकरणका नाममा गरिएको मनपरि र बलजफती बन्द गर्नुपर्ने, केन्द्रीय समिति, प्रदेश समिति र शाखा समितिहरूको गरिमा कायम गर्नुपर्ने, सक्रिय पत्रकारहलाइ सदस्यताबाट हटाउने षडयन्त्र बन्द गर्नुपर्ने र विधान विपरितका गतिबिधि बन्द गर्नुपर्ने माग अघि राखेका छन ।

आइतबार नेपाली कांग्रेसमा क्रियाशिल पत्रकारहरूको साझा संस्था प्रेस युनियनको स्थापना दिवसकै अवसर पारेर उनीहरूले महासंघको केन्द्रीय कार्यालयमा अध्यक्ष र महासचिवको कार्यकक्षा तालाबन्दी गरेका हुन । नेपाल पत्रकार महासंघले पत्रकारितामा नरहेका विभिन्न पेशा र व्यवसायमा लागेका व्यक्तिहरूको सदस्यता खारेजको तयारी गरेपछि कांग्रेस निकटका केन्द्रीय सदस्यहरूले त्यसैको बिरोधमा कालो व्यानर राखेर महासंघमा तालाबन्दी गरेका हुन ।

तालाबन्दीको नेतृत्व गरेकी केन्द्रीय सदस्य ललिता शाहका विरूद्धमा गत माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्यानिटरी प्याडमा भ्रष्टाचार गरेको अभियत्रगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । गोरखापत्र दैनिकको संवाददाता समेत रहेकी ललिताले श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्सका नाममा स्यानिटरी प्याडमा भ्रष्टाचार गरेको ठहर आयोगले गरेको छ ।

आयोगले ललिताका विरूद्धमा ८ लाख ७४ हजार ३ रूपैयाँ बिगो माग दाबीसहित मुद्दा दर्ता गरेको छ । ललिलताकै योजनामा सप्तरीको रूपनी गाउँपालिकाले ९ लाख ११ हजार ९२५ रूपैयाँ पर्ने सेनिटिरी प्याड १७ लाख ८५ हजार ९ सय २८ रूपैयाँमा खरिद गरेको आयोगको ठहर छ ।

यस्तै तालाबन्दीमा सहभागी भएका केन्द्रीय सदस्यीय छवि तिवारी आफै शुद्धीकरणमा परेका पत्रकार नेता हुन । नेपाली कांग्रेस पर्वतनको क्षेत्रीय समितिको सचिव भएका कारण उनीको सदस्यता खारेज गर्नुपर्ने भन्दै महासंघको गण्डकी प्रदेश समितिले सिफारिस गरेको थियो । तालाबन्दीमा केन्द्रीय सदस्य रमेश खतिवडा र लेखा समितिका सदस्य मुकुन्द भण्डारी समेत सहभागी रहेका छन ।

यो पनि पढ्नुहोस्

स्यानिटरी प्याडमा भ्रष्टाचारः पत्रकार महासंघकी केन्द्रीय सदस्यसहित पाँचविरुद्ध मुद्दा

प्रेस काउन्सिल नेपालप्रति खेद प्रकट गर्दै पत्रकार महासंघको २७औं महाधिवेशन सम्पन्न

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आईतवार १५:०८