१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

नुवाकोटका सुवासले निर्माण गरेको ‘पुजार सार्की’ हलमै पुगेर हेर्दै ओली

१३ जेठ, काठमाडौँ। यही बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘पुजार सार्की’ हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हलमै जाने भएका छन । नुवाकोटको बेलकोटगढी नगरपालिका स्थायी घर भएका सुवास भुसालले निर्माण गरेको ‘पुजार सार्की’ ले चौँथो दिनसम्म पनि हाउसफुल दर्शक पाएको छ ।

शनिबार चलचित्रको बारेमा सामाजिक सञ्जाल मार्फत खुशी व्यक्ति गरेका ओली आइतबार भने काठमाडौँको एक हलमा बसेर चलचित्र हेर्न जाँदैछन । ओलीसँगै एमालेका र अन्य केही पार्टीका शीर्ष नेताले चलचित्र हेर्ने निर्माता सुवास भुसालले बताए ।

नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक रिलिज अगावै दर्शकलाई देखाइएको ‘पुजार सार्की’मा दर्शकको रोजाइका तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरेका छन । चलचित्रमा अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय गरेका छन ।

 किङ्गडम नेटवर्कको ब्यानरमा बनेको ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन्।

प्रकाशित मिति : May 26, 2024 at 12:20 pm