३ असार २०८१, सोमबार | Mon Jun 17 2024

प्रहरी हिरासत छाडेर काव्या अस्पतालमा कैलाश


१२ जेठ, काठमाडाैँ । नागरिकता सम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन । सिरोहिया मध्यरातमा धनुषाको सबैभन्दा सुविधासम्पन्न रहेको काव्या अस्पतालमा भर्ना भएका छन ।

सिरोहिया गत मंगलबारदेखि प्रहरी हरिसातमा रहेका छन । प्रहरीले उच्च रक्तचापका कारण सिरोहिया अस्पताल भर्ना भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन‌‌‌ अवाले स्वास्थ्यमा समस्या देखिएपछि राति अस्पताल लगिएको जानकारी दिए । जिल्ला अदातल धनुषाले शुक्रबार मात्रै सिरोहियालाई थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार ०९:१९