२ असार २०८१, आईतवार | Mon Jun 17 2024

एक लाख राशीको मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन माग


११ जेठ, काठमाडौँ । मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी राष्ट्रिय पुरस्कार २०८० का लागि आवेदन मागेको छ । शुक्रबार फाउन्डेसनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले एक सूचना जारी गर्दै पुरस्कारका लागि आवेदन माग गरेका हुन । फाउन्डेसनले २०६८ सालदेखि निरन्तर रूपमा यो पुरस्कार वितरण गर्दै आएको र २०८० को पुरस्कारका लागि आवेदन माग गरिएको फाउन्डेसनका सदस्य रामशरण प्याकुरेलले दैनिकीलाई जानकारी दिए ।

प्याकुरेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा नयाँ वैचारिक र राजनीतिक दर्शनका क्षेत्रमा जननेता मदन भण्डारीले पुर्‍यानुभएको योगदानको स्मरण गर्दै उहाँको विचार र मार्गदर्शनलाई जीवन्त बनाइराख्न सामाजिक, आर्थिक, राजनीतिक तथा सामाजिक रूपान्तरण लगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेका व्यक्ति तथा संस्थाहरू मध्येबाट पुरस्कृत गर्ने गरिएको बताए । फाउन्डेसनले २०७८ सालदेखि अध्ययन, अनुसन्धान र नवप्रवर्तनका साथै समाज रूपान्तरण र विकासमा नेतृत्वदायी भूमिका खेल्नुहुने व्यक्ति वा संस्थालाई ‘मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार’ समेत प्रदान गर्दै आएको बताए ।

मदन भण्डारी राष्ट्रिय पुरस्कार २०८० मा आवेदन दिन नेपालमा दर्ता भएर कम्तीमा विगत ५ वर्ष देखि सञ्चालनमा रही, बार्षिक रूपमा कम्तिमा ५० करोड बराबरको बार्षिक कारोवार गरी नेपाल सरकारलाई तिर्नुपर्ने करका दायित्वहरू पूरा गरेको हुनुपर्नेछ । व्यक्ति वा संस्थाले आफ्नो सफलताको ट्र्याक रेकर्ड कायम गरेको हुनुपर्दछ । उध्यम वा संचालक कालो सूचीमा नपरेको र कुनै पनि भ्रष्टाचार जन्य कारवाहीमा नपरेको स्वघोषणा गरेको हुनुपर्नेछ ।

पुरस्कारका लागि उद्यमीले कामदार कर्मचारी भर्ना गर्दा राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने अभिप्राय र पछाडी परेका क्षेत्र र समुदायमा बेरोजगारी दर घटाउन मद्धत पुग्ने गरी विशेष समुदाय वा क्षेत्रका नेपाली नागरिकहरूलाइ प्राथमिकता दिएको हुनुपर्ने उल्लेख गरिएको छ । स्थानीय कच्चा पदार्थको प्रयोग, नवप्रविधि, कृषि, पर्यटन, वातावरणीय परिवर्तन, सौर्य एवं वैकल्पिक उर्जाजस्ता क्षेत्रहरूमा आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धनका माध्यमबाट वैदेशिक मुद्रा आर्जन गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको हुनु पर्नेछ ।

फाउन्डेसन बितरण गर्ने पुरस्कार यसअघि प्राप्त गर्नेहरूको सूची यस्तो रहेको छ

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार २२:२६