३ असार २०८१, सोमबार | Mon Jun 17 2024

निमा काफ्ले र कल्पना आचार्य सञ्चारिका समूहको सदस्यमा मनोनित


११ जेठ, काठमाडौँ । सञ्चारिका समूह नेपालले रिक्त रहेको दुई सदस्य मनोनित गरेको छ । शुक्रबार बसेकाे केन्द्रीय कार्यसमिति बैठकले रिक्त रहेकाे दुई सदस्यमा इमेज टेलिभिजनमा कार्यरत निमा काफ्ले र हेल्थटिभी अनलाइनमा कार्यरत कल्पना आचार्यलाई मनोनित गरेको महासचिव बसन्ती बास्तोलाले जानकारी दिइन् । सञ्चारिका समूहको नेटवर्टकमा सात प्रदेशका १२ सय भन्दा बढी पत्रकार महिला आवद्ध रहेका छन् ।

सदस्यमा मनोनित निमा काफ्ले र कल्पना आचार्य ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार २१:०४