२ असार २०८१, आईतवार | Sun Jun 16 2024

मानव बेचविखनको मुद्दामा ककनीकी रश्‍मि लामा पक्राउ


११ जेठ, काठमाडाैँ । नुवाकोटको ककनीकी रश्मि लामा मानव बेचविखनको अारोपमा पक्राउ परेकी छिन । एक नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा रश्मि पक्राउ परेकी हुन । नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर ५ स्थायी घर भइ काठमाडौँ महानगरपालिका १६ बसन्तनगर बस्ने २९ वर्षीया रश्‍मीलाई प्रहरीले प्रहरीले बानेश्वरबाट पक्राउ  गरेको हो ।

रश्मिले विभिन्न लामाले विभिन्न प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएकी थिइन । प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले रश्मिलाइ बानेश्‍वरबाट पक्राउ गरेर पीडितलाई उद्धार गरेको छ । रश्मिविरूद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा  जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार ०७:३६