२ असार २०८१, आईतवार | Sun Jun 16 2024

प्रचण्डको गम्भीर गल्तीः छातीमा गलत राष्ट्रिय झण्डा टाँसेर अन्तर्राष्ट्रिय मञ्चमा उपस्थित


-पवित्रा मुडभरी

१० जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले गलत राष्ट्रिय झण्डाको प्रयोग गरेर गम्भीर गल्ती गरेका छन । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ अन्तर्राष्ट्रिय विज्ञ संवादमा प्रस्तुत हुँदा प्रधानमन्त्री प्रचण्डले छातीमा गलत राष्ट्रिय झाण्डा टाँसेर भाषण गरेका हुन । बुधबार चन्दाग्रिरी हिल्समा भएको उक्त कार्यक्रममा सहभागी हुन जाँदा प्रधानमन्त्री प्रचण्डले गलत राष्ट्रिय झण्डाको प्रयोग गरेका हुन । राष्ट्रिय झण्डाको गलत प्रयोग गर्नु दण्डनीय अपराध हो । देशको कार्यकारी प्रमुखले नै दण्डनीय अपराध हुने काम गर्नु निश्चय पनि सुखद् हैन । देशमा दण्डहिनता शून्यमा पार्ने भन्दै सरकारले नै फैजादारी मुद्दामा कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई अनुसन्धान गरिरहेको समयमा प्रधानमन्त्री भने आफैँ कानुनले दण्डनीय मानेको काम गरिरहेका छन ।

हामीले दैनिकीका तर्फबाट प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यसँग चासो राख्दा बुधबार बिहानको कार्यक्रममा आफू सहभागी हुन नपाएको तर के भएको हो भनेर आफूले पनि बुझ्ने बताए । राष्ट्रिय झण्डाको आकार र रंगका बारेमा संविधानमै प्रष्ट व्यवस्था गरिएको छ ।  संविधानको कार्यान्वयनमा सघाउन पुर्याउन गृहमन्त्रालयले एउटा कार्यबिधि नै बनाएर लागू पनि गरेको छ । साधै सरकारले नै बनाएको मुलुकी फौजदारी कुसरसम्बन्धी कानुनहरू रहेको मुलुकी देवानी संहिता २०७४ र मुलुकी अपराध संहिता २०७४ मा राष्ट्रिय झण्डाको गलत प्रयोग गर्ने र दुरूपयोग गर्नेलाई दण्ड र जरिवानाको व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री मात्रै हैन यसअघि राष्ट्रपति र नेपाल सरकारका सचिवहरूले गलत राष्ट्रिय झण्डा छातीमा टाँसेर हिँडिरहेका छन । विदेशीले नेपाली भनेर चिन्ने सबैभन्दा ठूलो पहिचान भनेको राष्ट्रिय झण्डा हो । तर जानेर वा नजानेर त्यही पहिचान पनि सक्नका लागि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सरकारका उच्चपदस्थ कर्मचारीहरू गलत राष्ट्रिय झण्डाको प्रयोग गरिरहेका छन ।  उनीहरूले आफूलेमात्र नभएर अरूलाई पनि गलत राष्ट्रिय झण्डा प्रयोगमा प्रोत्साहित गरिरहेका छन् । यद्यपी उनीहरू कहिले पनि कारबाहीको भागिदार बनेका छैनन् । कानुन अनुसार राष्ट्रिय झण्डाको दुरूपयोग र गलत प्रयोग गर्नु दण्डनीय अपराध हो ।

नेपालको संविधान, २०७२ को धारा ८ मा उल्लेख भए बमोजिम सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको परम्परागत झण्डा नेपालको राष्ट्रिय झण्डा भएको उल्लेख गरिएको छ । तर सचिवहरूले प्रयोग गरेको झण्डामा त्रिकोण रहेको छैन ।

एउटा मान्यता छ कानुन नजान्न र नमान्न पाइदैन । तर नेपालमा कानुनको उलंघन गर्नेहरूकै ठूलो स्वर हुने र उनीहरूले नै जित्ने अवस्था रहेको छ । जसका कारण सानालाई ऐन र ठूलालाई चैन भन्ने उखान नै बनेको छ । यहाँ निमुखाहरूले मात्र कानुनको इमान्दारिता पूर्वक पालना गर्छन बाँकीले गच्छेअनुसार कानुनको दुरूपयोग र उलंघन गरिरहेका हुन्छन । यद्यपी कानुनको नजरमा कोही होचो र अग्लो भन्ने हुँदैन् ।

नेपालको राष्ट्रिय झण्डाको अपमान वा दुरूपयोग गर्नेलाई तीन वर्ष कैद वा ३० हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, मुलुकी देवानी संहिता २०७४ सहित विभिन्न कानुनमा रहेको कसुर र त्यसको सजायसम्बन्धी व्यवस्थाहरूमा राष्ट्रिय झण्डाको गलत प्रयोग गर्नेमाथि कारबाही गर्ने व्यवस्था रहेको छ ।

यो पनि पढ्नुहोस्, 

सरकारका सचिवहरूले राष्ट्रिय झण्डा चिन्दैनन् कि मान्दैनन् ?

राष्ट्रपति पाैडेलले नै प्रयोग गरे गलत नेपाली झण्डा, राष्ट्रिय झण्डा माथि किन अपमान ?

राष्ट्रपतिले छाडेनन् गलत झण्डाको प्रयोग, सुधारको साटो सचिव पनि गलत झण्डाको प्रयोगमा

राष्ट्रिय झण्डाको अपमान गरे तीन वर्ष कैद, के कसुरमा कति हुन्छ सजाय ?

निरन्तर राष्ट्रिय झण्डाको अपमान गर्दै राष्ट्रपति रामचन्द्र पाैडेल, विदेशीका अघि पनि अपमान

अब राष्ट्रिय झण्डा सबैको घरमा फहराउन सकिने, यस्तो छ नयाँ कानुनी व्यवस्था

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहीबार १९:२२