२ असार २०८१, आईतवार | Sun Jun 16 2024

ग्वार्को घटना : फरार भएका चालक टिपरसहित गोदावरीबाट पक्राउ


१० जेठ, काठमाडौ । ललितपुर ग्वार्कोमा मोटरसाइकललाई ठक्कर दिएर फरार भएका टिपर चालकसहित गोदावरीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्ने टिपर बा ३ ख ६६२१ नम्बरको चालक सहित  गाेदाबारी नगरपालिका–६ का २६ वर्षीय छेइसाङ तामाङ रहेका छन् । सिसिटिभी फुटेज अनुसार चालकलाई  गोदावरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

रातिकाे १ बजे ग्वार्कोमा पत्ता नलागेकाे टिपरले प्रदेश ०२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । माेटरसाइकल ठक्करमा परेका कोटेश्वरस्थित बस्दै आएका ३२ वर्षीय जयनाथ यादव गम्भीर घाइतेका रूपमा  ग्वार्कोकै बी एण्ड बी अस्पतालमा उपचारकै क्रममा राति उनकाे मृत्यु भएकाे थियाे ।

ठक्कर दिएर फरार भएकाे टिपरको पहिचान भने नखुलेकाे प्रहरीले जनाएकाे थियाे । ललितपुर प्रहरी परिसरले सिसिटिभी फुटेजमार्फत अनुसन्धान गर्दै टिपरसहित चालकलाई पक्राउ गरिएकाे छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहीबार १७:४९