१ असार २०८१, शनिबार | Sun Jun 16 2024

सेयर बजारमा हरियाली कायमैः दोहोरो अंकले बढेको बजारमा साढे ५ अर्बको कारोबार


९ जेठ, काठमाडौँ । साताको चौंथो कारोबार दिन पनि सेयर बजार दोहोरो अंकले बढेको छ । बुधवार बजार १५.५४ अंकले बढेको छ । अाज नेप्से परिसूचक २१३१.४९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

बैंकिङ्ग समूह ४८.४४ अंक, विकास बैंक १३.७२ अंक, होटेल तथा पर्यटन ९८.३४ अंक र म्युचुअल फन्ड ०.०६ अंकले बढेको छ । यी बाहेकका अन्य समूहहरु भने घटेका छन् ।

आज ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख १९ हजार ४२१ कित्ता सेयर किनबेच भएको छ ।नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सर्वाधिक सेयर किनबेच भएको छ ।

आज कम्पनीको २४ करोड ४२ लाख ८० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको पोखरा फाइनान्सको पनि २१ करोड १२ लाख ९९ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै, सिइडीबी हाइड्रोपावरको १७ करोड ५३ लाख ३९ हजार, फर्स्ट माइक्राफाइनान्सको १७ करोड ५३ लाख ३६ हजार, नबिल बैंकको १५ करोड ५० लाख ७२ हजार, एनआइसी एशिया बैंकको १२ करोड ७३ लाख ८५ हजार र हिमालयन रिइन्स्योरेन्सको ११ करोड १८ लाख २४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार १६:३८