१ असार २०८१, शनिबार | Sun Jun 16 2024

नेशनल फण्डले आईपीओ निष्कासन गर्ने, बाेलायाे विशेष साधारणसभा


९ जेठ, काठमाडाैँ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले जेठ २५ गतेका लागि विशेष साधारणसभा बाेलाएकाे छ ।

काठमाडौंको धुम्बाराहीस्थित होटल अकामामा दिउँसो २ बजेदेखि सुरु हुने साधारणसभाले कम्पनीको ५० रुपैयाँ प्रतिसेयरको २ बराबर १ सेयर अर्थात् ५० प्रतिशतले हुन आउने २७ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, साधारणसभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गरी चुक्ता पुँजी र जारी पुँजी बढाउने तथा प्रिमियममा समेत सेयर जारी गर्न सक्ने व्यवस्थाका बारेमा समेत छलफल हुनेछ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार १२:५६