बुद्धभूमी हाइड्रोपावरले पायाे हकप्रद निष्कासनको अनुमती
८ जेठ, काठमाडाैँ । बुद्धभूमी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको स्वीकृति पाएकाे छ । विद्युत नियमन आयोगले बुद्धभूमी हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्कासनको स्वीकृति दिएकाे हाे ।
कम्पनीले हालको चुक्तापुँजीको २ः३ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि आयोगसँग स्वीकृति माग गरेकोमा आयोगले १ः१ अनुपातमा निष्कासन अनुमति दिएको हो ।
कम्पनीको हालको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेकोमा हकप्रद निष्कासन पछि चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ । आयोगले अनुमति दिएसँगै अब कम्पनीले साधारणसभामा हकप्रद प्रस्ताव पेश गर्नेछ ।
कम्पनीले हकप्रद निष्काशन सम्बन्धी कार्य गर्न एनआइसी एशिया क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता गरिसकेको छ ।
प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार ११:४२