२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

हिमाल वाटर पार्क भिलेजले आईपीओ निष्कासन गर्ने

८ जेठ, काठमाडौं । हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडसँग ‘वे टु लिस्टिङ’ सेवाअन्तर्गत सम्झौता गरेको छ ।

आईपीओ जारी गरी सूचीकरण गर्नेदेखि अन्य सम्पूर्ण आवश्यक परामर्श सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडका तर्फबाट सञ्चालक सुनिलकुमार खेतान तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

हिमाल वाटर पार्क एण्ड भिलेज होटल प्रालि भारतीय चेन होटल क्लार्क रिसोर्टको फ्रेन्चाइजअन्तर्गत रही सञ्चालन भइरहेको छ ।चार तारेको अनुमति प्राप्त गरी यो होटल सञ्चालनमा रहेको छ ।

हाल परिवर्तित गण्डक, वहुवरी-१४ विरगञ्ज महानगरपालिकामा अवस्थित यस होटलले सुइट डिलक्स एक्जिक्युटिभ प्रसिडेन्सियल सुइट गरी ६० वटा सुविधा सम्पन्न कोठाहरूका साथै जिम, क्यासिनो, स्विमिङ पुल, ब्याङ्क्विट् हल आदि सहित सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : May 21, 2024 at 9:54 am