सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने बालेनको चेतावनी
७ जेठ, काठमाडाैँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सिंहदरबारलगायत सबै पार्टी कार्यालय तथा नेताहरूको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् । सोमबार महानगर प्रमुख बालेनले आफ्नो फेसबूक वालमा एक स्टाटस लेखेर उक्त चेतावनी दिएका हुन् ।
फोहोर बोक्ने चार जना चालकलाई पक्राउ गरिएकाले उनीहरू स-सम्मान रिहा नभए फोहोर नउठाउने उनले चेतावनी दिएका हुन् । उनले लेखेका छन्, भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले । जबसम्म स-सम्मान चालकहरू रिहा हुन्नन् सिंहदरबारलगायत सबै पार्टी कार्यालयको तथा नेताहरूको घरको फोहोर उठ्दैन । को-को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाँकी छाडिँदैन ।
प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार १९:४३