१६ कार्तिक २०८३, आइतबार | Mon Nov 2 2026

दरबारमार्ग ट्राफिक प्रहरीका रूपमा खटिएकाे जवानको हत्या आरोपमा छ जना पक्राउ

६ जेठ, काठमाडाैँ । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो । घिमिरे ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिएको थियो ।

प्रकाशित मिति : May 19, 2024 at 11:20 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/