वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्छः सभापति देउवा
५ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीको हकअधिकार सुरक्षित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको १२औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले वैदेशिक रोजगारीमा ठगिएका नेपालीलाई सघाउन सरकारीस्तरबाट ठोस प्रयास हुनुपर्ने बताउनुभयो ।
“वैदेशिक रोजगारीमा गएका श्रमिकले पाइरहेका दुःखका बारेमा म जानकार छु, श्रमिकमाथि भइरहेको शोषण रोक्न सरकारलाई आग्रह गर्दछु”, सभापति देउवाले भन्नुभयो । वैदेशिक रोजगारीमा गएका नेपालीबाट प्राप्त विप्रेषणले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको भन्दै पूर्वप्रधानमन्त्री देउवाले श्रमिकको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार १८:३६