१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक, सेयर बजारमा देखिएन लचक

४ जेठ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । वार्षिक मौद्रिक नीतिमा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई तेस्रो त्रैमासिक समीक्षामा पनि निरन्तरता दिइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सेयर कजारमा लचक नीति लिएको छैन। लगानीकर्ताले सेयर धितो कर्जाको क्याप हटाउनुपर्ने र जोखिमभार घटाउनुपर्ने माग गरिरहेको भएपनि त्यसलाई राष्ट्र बैंकले सम्बोधन गरेको छैन।

यस्तै राष्ट्र बैंकले घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने जनाएको छ।

प्रकाशित मिति : May 17, 2024 at 11:39 am