११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

चार पत्रकारले प्राप्त गरे २५ लाख रुपैयाँको खोजमूलक पत्रकारिता पुरस्कार


३ जेठ, काठमाडाैँ । खोजमुलक समाचार लेख्ने चार पत्रकारले २५ लाख रुपैयाँको खोजमूलक पत्रकारिता पुरस्कार प्राप्त गरेका छन ।  बारबरा फाउण्डेसनले चार जना पत्रकारलाई २५ लाख रुपैयाँको पुरस्कार बिहीबार प्रदान गरेको छ। १६ लाख राशीको प्रथम पुरस्कार कान्तिपुर दैनिकका पत्रकारद्धय देवेन्द्र भट्टराई र मात्रिका दाहालले प्राप्त गरेका छन । उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणको खोजमूलक रिपोर्टिङ गरी उक्त प्रकरणलाई छानबिनको दायरामा ल्याउन सहयोग पुर्याएका थिए ।

यस्तै ६ लाख रुपैयाँको दोस्रो पुरस्कार उकालोमा काम गर्ने पत्रकार दिपा दाहालले प्राप्त गरेकी छिन । उनले चौधरी ग्रुपको स्वामित्वमा गएको बासबारी छालाजुत्ता उद्योगको सरकारी जग्गाबारेमा खोजी रिपोर्टिङ गरेकी थिइन । त्यस्तै ३ लाख रुपैयाँको तेस्रो पुरस्कार हिमालखबर डट कमका पत्रकार रमेश कुमार न्याैपानेले प्राप्त गरेका छन । उनले शेयर बजारमा भएको अनियमिताबारे खोजमूलक रिपोर्टिङ गरेका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार १७:५४