१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित


३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। बिहीबार अपराह्न बैठक सुरू हुने बित्तिकै कांग्रेस सांसदहरू उठेर विरोध गरेका थिए।

अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहयोग गरिदिन कांग्रेस सांसदहरूलाई आग्रह गरेका थिए। तर उनीहरूको विरोध कायमै भएपछि  अध्यक्ष दाहालले राष्ट्रिय सभा बैठक जेठ ४ गते शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित गरेका हुन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै कांग्रेसले सदन अवरोध गर्दै आएको छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार १७:१४