७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने


३ जेठ, काठमाडौँ । राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ । यसअघि उक्त बैठक आज अपराह्न १ः१५ बजे बस्ने तय भएको थियो ।

बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्‌मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रियसभा अध्यक्षले बैठक सारेकाे सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार १३:२२