९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

३ जेठ, काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्। प्रदेश सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम पक्षको अवरोधकाबीच सोडारीले विश्वासको मत पाएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे।

सोडारीको पक्षमा नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिको रञ्जिता पक्षका २ र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशी मतदान गरेका हुन। मतविभाजनमा २८ सांसद मात्रै सहभागी भए।

प्रकाशित मिति : May 16, 2024 at 12:51 pm