१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला १ लाख ४० हजार पुग्यो


३ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ४० हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेरप्रतितोला १ हजार ८०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार १०:५७