१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

क्यानद्धारा सन्दीपमाथि लगाएको निलम्बन फुकुवा


२ जेठ, काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाएकाे निलम्बन फुकुवा गरेको छ । पाटन उच्च अदालतले बुधबार सन्दीपलाई बलात्कार मुद्दामा सफाइ दिएपछि क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको हो ।

अध्यक्ष चतुरबहादुर चन्दले बुधबार साँझ विज्ञप्ति जारी गर्दै सन्दीपमाथिको प्रतिबन्ध फुकुवा गरेको जनाएका हुन् । विज्ञप्तीमा भनिएकाे छ, ‘उच्च अदालत पाटनको जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौं’ ।

क्यानले गत पुसमा सन्दीपलाई निलम्बन गरेको थियो । पाटन उच्च अदालतले सन्दीपलाई बुधबार बलात्कार मुद्दामा सफाइ दिएको हो । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले बुधबार उनलाई सफाइ दिएका हुन् । सफाइ पाएसँगै क्रिकेटर सन्दीपले टी– विश्वकप खेल्ने बाटो खुलेको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार १९:५६