११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल


२ जेठ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेबीच छलफल भएको छ।

विहिबार बस्ने संसद वैठक र संसदीय छानबिन समितिबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। सभामुख देवराज घिमिरेले आज बिहान प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्नुभएकाे थियाे ।

भेटका क्रममा घिमिरेले संसदको अवरोध हटाउने विषयमा सत्ता पक्ष दलहरू चाँडै निष्कर्षमा पुग्नेगरी छलफल अगाडि बढाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएकाे थियाे ।

प्रतिनिधि सभाको बैठक भोलि ११ बजे बस्नेगरी बोलाइएको छ। कांग्रेसले संसदीय छानबिन समिति नबने भोलिको बैठकमा पनि अवरोध गर्ने बताएकाे छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार १६:५५