१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सन्दिपको बलात्कार मुद्दाको सुनुवाइ अन्तिम चरणमाः फैसला आजै आउने


२ जेठ, काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ सकिन लागेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले दुबै पक्षका लागि डेढ डेढ घण्टाको समय जवाफी बहसका लागि दिएको छ । उक्त बहसको समय अब सकिदैछ । त्यसपछि न्यायाधीशरूले फैसला सुनाउने छन ।  फैसला सुनउने भएकाले अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार १४:१३