१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सशस्त्र प्रहरीको स्टोर आगलागी प्रकरणः दुई एसपीमाथि विभागीय कारबाही


२ जेठ, काठमाडौँ । सशस्त्र प्रहरीको स्टोर आगलागी प्रकरणमा दुई एसपीमाथि विभागीय कारबाही सुरू भएको छ । आगलागी लगत्तै गठन भएको एआईजी वंशीराज दाहाल नेतृत्वको आन्तरिक समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डे नेतृत्वको समितिले गरेको छानविन प्रतिवेदनका आधारमा दुई जना एसपीसहित ७ जना माथि विभागीय कारबाही सुरू भएको हो ।

सशस्त्रले एसपी अर्जुन खत्री र राजेन्द्र श्रेष्ठलाई स्पष्टिकरण सोधेको छ । खत्री पशुपति बाहिनीमा कार्यरत छन भने श्रेष्ठ भण्डार महाशाखाका एसपी हुन । सुरक्षा कमजोरीले आगालागीले ठूलो रूपमा लिएको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार १४:०३