११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

शंकर पोखरेल र युवराज खतिवडालाई मञ्चमा राखेर सुरू भयो एमाले संसदीय दलको बैठक


२ जेठ, काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक सुरू भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सुरू भएको बैठकमा गैर सांसद रहेका पार्टीका महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्री डा युवराज खतिवडा पनि सहभागी रहेका छन ।

नीति तथा कार्यक्रम र बजेटका बारेमा संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल र प्रशिक्षणका लागि महासचिव पोखरेल र पूर्वमन्त्री खतिवडालाई बैठकमा सहभागी गराइएको एक सांसदले दैनिकीलाई बताए । बैठकमा मंगलबार संसदको नीति तथा कार्यक्रम र एमालेको अखिल र युवा संघको कार्यक्रममा सहभागी हुन नसकेका पार्टी अध्यक्ष एवं संसदीय दलको नेता केपी शर्मा ओली पनि सहभागी रहेका छन ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार १३:३०