१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी


२ जेठ, तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन । मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार दुई सय ९२ मत प्राप्त गरी कँडेल विजयी भएका हुन । अध्यक्षका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले दुई सय चार मत प्राप्त गरेका छन । उनी एमाले गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हुन ।

निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेका अनुसार उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिव खुलामा खिमबहादुर कुमाल, उपसचिव महिलामा सुनिता नेपाली विजयी भएका छन । अधिवेशनले ९९ सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ । पाँच सय ८५ मतदातामध्ये पाँच सय ६० जनाले मतदान गरेका थिए ।

कडेँल गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकार निकटका हुन भने सिग्देल पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरूङ निकट हुन । दुबैले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए । जसमा अधिकाशं पदमा कडेँल समूहका सदस्य विजयी भएका छन ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार ०९:४६