१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रपतिलाई धन्यवाद दिन नपाउँदा स्तब्ध बनेका सभामुख बिहानै प्रधानमन्त्री निवासमा


२ जेठ, काठमाडौँ । नेपाल सरकारको नीति तथा कार्यक्रम संसद बैठकमा सहभागी भएर वाचन गरिदिएका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिन नपाएको भन्दै सभामुख देवराज घिमिरेले चित्त दुखाएका छन । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बुधबार बिहान संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित गर्न नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्री निवास पुगेको बताएका छन ।

उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयलाई सभामुखले गम्भीररुपमा लिएको बताए ।

सभामुखले बुधबार बिहान ८ः३० बजे यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन । सभामुखले हिजै कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरुसँगको बैठकमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न ध्यानाकर्षष गराएको पनि अधिकारीले बताएका छन ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार ०८:४६