१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

केपी ओलीले निर्देशन दिए, जेठ ३ मा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने


१ जेठ, काटमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माले निर्देशन दिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने निश्चित भएको छ । एमाले सुदुरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले अध्यक्षले निर्देशन दिइसकेकाले अब जेठ ३ गते विश्वासको मत दिने बताए । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि सुदूरपश्चिम प्रदेशसभा बैठक ३ जेठको विहान सवा १० बजे बोलाइएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलवार १८:४८