१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

अवैध बाटोबाट अमेरिका पठाउने भन्दै ठग्ने तनहुँका दुईसहित तीन जना पक्राउ

३१ वैशाख, काठमाडाैं । अवैध बाटोबाट अमेरिका पठाउने भनेर ठग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगी गरेको आरोपमा पक्राउ परेका ३ जनालाई आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा ओखलढुंगाका ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँका ४८ वर्षीय जंगबहादुर विक र तनहुँकै ४६ वर्षीय विष्णुबहादुर बराली छन्। उनीहरूले विभिन्न व्यक्तिहरूलाई अवैध बाटो हुँदै अमेरिका पुर्याइदिने भनेर ठगी गरेको आरोप छ। यस प्रकरणमा गत २८ गते तीन जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : May 13, 2024 at 2:33 pm