१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रपतिका आर्थिक विज्ञ डा.चिरञ्जीवी नेपालले दिएको राजिनामा स्वीकृत


३० वैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिएको राजिनामा स्वीस्कृत गरेका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारीगरी डा. नेपालले दिएको राजिनामा राष्ट्रपतिले स्वीस्कृत गरेकाे जानकारी दिएकी हुन् ।

“राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिनुभएको राजिनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पु¥याउनुभएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ”, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आईतवार ११:३७