११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

स्नताक उत्तीर्णलाई जागिर खुवाउन न्यूनतमको विज्ञापन, विद्याबारिधी गरेका समेत प्रतिस्पर्धामा


३० वैशाख, काठमाडाैँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुुुसार मेघराज खड्का (रुकुमपश्चिम), सङ्गीता खड्का (काठमाडौँ), डा मधुसुधन न्यौपाने (काठमाडौँ), सोमप्रसाद डोटेल (झापा) र फणिन्द्र फुँयाल (सिन्धुुली)को उम्मेदवारी परेको छ ।

समितिको अध्यक्ष पदका लागि सञ्चार मन्त्रालयले वैशाख १६ गते सूचना जारी गरेको थियो । सोही सूूचनाबमोजिम दरखास्त माग गरिएकामा उहाँहरूले दरखास्त दिनुभएको थियो । सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदीका अनुसार उहाँहरूको दरखास्त स्वीकृत भएको छ ।

श्रमजीवी पत्रकारले पाउने न्यूनतम पारिश्रमिक रकम निर्धारण गर्न तथा त्यस्तो पारिश्रमिक रकम आवश्यकतानुसार पुनरावलोकन गर्ने सम्बन्धमा नेपाल सरकारसमक्ष सिफारिस गर्नका लागि न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गरिएको हो । यद्यपी यो समितिको काम पार्टी निकटका केही पत्रकारको व्यवस्थापन गर्ने मात्रै हुँदै आएको छ ।

तस्बिरः मिडिया कुराकानीबाट साभार ।

कार्यकर्ता भर्तिका लागि न्यूनतम शैक्षिक  योग्यता स्नातकमात्र

कार्यकर्ता भर्तिका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकमात्र कायम गरिएको छ । नेपाल सरकारको प्रथम श्रेणीको अधिकृतको सुविधान उपभोग गर्ने अध्यक्षको लागि न्यूनतम योग्यता स्नातक मात्र तोकिनु गलत भएको यस क्षेत्रका जानकारहरूले बताएका छन ।

सरकारले अध्यक्षका नियुक्त गर्न चाहेको उम्मेदवारको शैक्षिक योग्यता स्नताकमात्र भएकाले विज्ञापनमै न्यूनतम शैक्षिक योग्यता स्नातक उल्लेख गरिएको छ । प्रक्रिया खुला भए पनि पहिले नै नियुक्त गर्न चाहेको व्यक्तिको अनुकुलतामा नियुक्तो आधार तयार गरिएको छ ।

यद्यपी प्रतिस्पर्धामा पत्रकारितामै विद्यावारिधी गरेकादेखि पत्रकारितामा स्नातकोत्तर तह उत्तीर्ण गरेकाहरू समेत रहेका छन । सरकारले भने स्नातक उतीर्णलाइ नियुक्ति गर्ने गरी नाम टुंगो लगाइ सकिएको सञ्चार मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आईतवार ०८:१२