१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमालेको पर्यटन व्यवसाय विशेष ईलाकामा विष्णु पाण्डेको अध्यक्षतामा नयाँ कमिटी


२९ वैशाख, काठमाडाैँ । नेकपा एमालेको  पर्यटन व्यवसाय विशेष ईलाका कमिटिमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको छैठौं अधिबेशनबाट विष्णु पाण्डेको अध्यक्षतामा नयाँ कमिटी गठन भएको छ ।

कमिटीको उपाध्याक्ष भिष्म न्यौपाने, सचिवमा जीवन थापालीया, उपसचिव गोपाल श्रेष्ठ र संगीता खनाल चयन भएका छन । यस्तै कार्यसमिति सदस्यहरुमा सुजन आचार्य, ध्रुव लम्साल, भिम तामाङ् , रुबी भण्डारी , पिताम्बर गुरुङ , शुदर्शन पौडेल र बिदुर खतीवाडा छन् । यस्तै लेखा समितिको अध्यक्षमा भने हेम कार्की, उपाध्याक्ष माया गर्भुजा पुन र सचिवमा अमृत सापकोटा चयन भएका छन् ।

यो एमालेको  उपत्यका बिशेष प्रदेश कमिटी मातहतको उद्योग व्यवसाय विशेष जिल्ला कमिटी अन्तर्गतको इलाका कमिटी हो ।

 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार २१:०८