९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

राप्रपा नेपालमा नुवाकोटका उद्धव मिश्रसहित पाँच केन्द्रीय सदस्य थपिए

२८ वैशाख, काठमाडाैँ । राप्रपा नेपालमा नुवाकोटका उद्धव मिश्रसहित पाँच केन्द्रीय सदस्य थपिएका छन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबार पाँच केन्द्रीय सदस्य मनोनित गरेको महामन्त्री भास्कर भद्राले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।
भद्राले दिएको जानकारी अनुसार राजन चौलागाइ (काठमाण्डौ),  पार्टीको केन्द्रीय सदस्य तथा सुशासन विभाग प्रमुख, भक्तबहादुर के.सी. (काठमाण्डौ) केन्द्रीय सदस्य तथा स्वास्थ्य विभाग प्रमुख, उध्दव मिश्र (नुवाकोट), पुष्पा खरेल भट्ट (काठमाण्डौ), गंगाप्रसाद शर्मा (काठमाण्डौ) र अरुणकुमार बस्नेत (ललितपुर) लाई केन्द्रीय सदस्य मनोनित गरिएको छ ।

प्रकाशित मिति : May 10, 2024 at 7:56 pm