७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

चिम्टीका ६२ अग्निपीडित परिवारलाई राहत वितरण


२८ वैशाख, काठमाडाैँ । चिम्टीका अग्निपीडितलाई नेपाली कांग्रेस र नेपाल विद्यार्थी सङ्घ सप्तरीले राहतस्वरुप ट्युबेल, खाद्यान्न र बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

सङ्घले अग्निपीडित ६२ परिवारलाई राहतस्वरुप चामल, दाल, खानेतेल, च्युरा, नुन तथा बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको नेवि सङ्घ सप्तरीका सभापति राकेश ठाकुरले जानकारी दिए ।

नेपाली कांग्रेसका सप्तरी सभापति रामदेव साहले अग्निपीडितका लागि छ थान ट्युबेल, पाइप र सोको जडानमा लाग्ने खर्चसहित वडाध्यक्ष जयकिशोर दासलाई हस्तान्तरण गरे । अग्निपीडितलाई स्वच्छ खानेपानी सहज रुपमा उपलब्ध गराउन ट्युबेल वितरण गरिएको बताए ।

अग्निपीडितलाई खाद्यान्नसहितका सामग्री विभिन्न सरकारी तथा गैरसकारी निकायबाट उपलब्ध हुँदै आएको अवस्थामा पार्टीले खानेपानीको आवश्यकतालाई पूर्ति गर्न जडान खर्चसहित ट्युबेल उपलब्ध गराएको जनाएको छ ।

वैशाख १८ मा सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीमा आगलागी हुँदा ६२ परिवारका एक सय १४ घरमा क्षति भएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार १३:५५