७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

सप्तरीमा नेपाल बैंकका सुरक्षा गार्डको हत्या


२७ वैशाख, जनकपुरधाम । सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड पर्शुराम फुँयालको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार  ५५ वर्षीय फुँयालको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको छ । बिहीबार बिहान करिब सवा ६ बजेतिर फुँयालको शव फेला परेको हो। उनी राति ड्युटीका लागि कार्यालयमा बसेका थिए। प्रहरीले अहिले घटनास्थलमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार १७:४५