९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

सर्वोच्च पुगे कोशीका मुख्यमन्त्री केदार कार्की

२७ वैशाख, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत पुगेका छन्। मुख्यमन्त्री कार्की बिहीबार दिउँसो रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्।

प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरे लगत्तै सो आह्वान असंवैधानिक भएको भन्दै कार्की सर्वोच्चमा रिट दर्ताका लागि पुगेका हुन्।

अहिले रिट दर्ता हुने प्रक्रियामा रहेको जनाइएको छ । उता, एमालेका हिक्मत कार्कीले ५२ जना प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। सांसदहरूको सनाखत भएसँगै मुख्यमन्त्रीमा हिक्मत नियुक्त हुने छन् ।

प्रकाशित मिति : May 9, 2024 at 1:52 pm