७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

आज घट्यो सुनको भाउ, यस्तो छ प्रतितोला मूल्य


२७ वैशाख, काठमाडौं । साताको पाँचौं कारोबारको दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार ११:१९