१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

तारागाँउ रिजेन्सी होटल्सको नाफा ३९ प्रतिशतले बढ्यो

२७ वैशाख, काठमाडाैं । तारागाउँ रिजेन्सी होटल्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। तेस्रो त्रैमाससम्ममा होटलले सञ्चालनमार्फत १ अर्ब ९६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलको सञ्चालनमार्फत ९० करोड ६१ लाख रुपैयाँ आम्दानी  गरेकाे थियो।

समीक्षा अवधिसम्म कम्पनीले ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.५४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले २३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा होटलको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६५ पैसा, प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ १९ पैसा र मूल्य आम्दानी अनुपात ३५.०३ गुणा रहेको छ।

प्रकाशित मिति : May 9, 2024 at 9:20 am