१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सभामुखले बोलाएको शीर्ष नेताहरूको बैठक जारी


२५ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक जारी रहेकाे छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलगायत सहभागी छन् ।

यही वैशाख २८ गतेदेखि संसदको अधिवेशन सुरू हुँदैछ। बैठक सुरू हुनुअघि सभामुखले सत्ता र प्रमुख प्रतिपक्षीसहित दलहरूको बैठक राखेका हुन्।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलवार १२:४६