१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

सेयर लगानीकर्ताका लागि खुशीको खबरः दलाललाई दिनुपर्ने कमिसन १० प्रतिशतले घट्यो

२५ वैशाख, काठमाडौँ । सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले दोस्रो बजारको कारोबारमा सेयर दलाल (ब्रोकर)लाई दिनुपर्ने शुल्क (कमिसन)मा कटौती गरेको छ । नेपाल धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक समितिको बैठकले आइतबार निर्णय गर्दै दोस्रो बजारमा सेयर किनबेच गर्दा लगानीकर्ताले दलाललाई तिर्नुपर्ने शुल्क घटाएको हो ।

बोर्डले आइतबार गरेको निर्णय आगामी जेठ १ गतेदेखि लागू हुनेछ । यो निर्णय लागू हुँदा दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताले थोरै भए पनि राहतको महशुस गर्नेछन । बोर्डका अनुसार कमिसन १० प्रतिशतले घटेको छ ।

AI generated images.

बोर्डको निर्णय अनुसार जेठ १ गतेबाट हुने करोबारमा ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत, पाँच लाखभन्दा माथि २० लाखसम्मको कारोबारमा ०.३१ प्रतिशत, २० लाखभन्दा माथि एक करोडसम्मको कारोबारमा ०.२७ प्रतिशत र १ करोडभन्दा माथिको कारोबारमा ०.२४ प्रतिशत कमिसन दिए पुग्नेछ ।

अहिले सेयर कारोबार गर्दा ५० हजारसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखभन्दा माथि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखभन्दा माथि एक करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र एक करोडभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन तिर्दै आएका छन ।

प्रकाशित मिति : May 7, 2024 at 9:11 am