१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

जनकपुरधाममा दिनदहाडै सहकारीका कर्मचारीबाट लुटियो ८० लाख

२४ वैशाख, जनकपुर । धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु ८० लाख लुटिएको छ । आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर तीन जनाले रु ८० लाख लुटेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आबाले जानकारी दिए।

जनकपुरधामको भानुचोकमा रहेको राष्ट्रिय सहकारी बैंकबाट रकम झिकेर सहकारीतर्फ जाँदैगर्दा जनकपुरधाम उपमहानगरपालिका १९ मा महतोका साथमा रहेको सो रकम लुटिएको र जानकारी प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर लुटेराको खोजी भइरहेको बताए ।

प्रकाशित मिति : 15:40