१३ जेष्ठ २०८१, आईतवार | Sun May 26 2024

चोरीको मोटरसाइकल सहित एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा


२४ वैशाख, काठमाडाैं । काठमाडौँको शंखरापुर नगरपालिका ९ बाट आइतबार चोरीको मोटरसाइकल सहित एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिका २ घर भइ हाल भक्तपुरको निकोशेरा बस्दै आएका २९ वर्षीय विकास थिङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

वास्तविक नम्बर परिवर्तन गरेर बा ८३ प ९० ३७ नम्बर राखी चलाइरहेको अवस्थामा थिङलाई आज मध्यान्ह १२ बजे ट्राफिक प्रहरीले फेला पारेको थियो । नियन्त्रणमा आएका थिङलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वकर पठाइएको छ ।

बागमती प्रदेश ०२-०२४ प २१ ३९ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल काठमाडौंको काडाँघारी लाहुरे चोकबाट हराएको भनि मोटरसाइकल धनि रामेछापको खाँडा देवी गाउँपालिका ६ का निर्मल केसिले गत मंसिर १९ गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए । प्राप्त निवेदनका आधारमा खोजतलास गर्ने क्रममा मोटरसाइकल सहित थिङ नियन्त्रणमा आएका हुन् ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार ०९:३३