१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

२१ वैशाख, काठमाडौं । सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी गराइन्।

उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेश प्रसाद पाण्डेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन् ।  त्यस्तै, डा. गोविन्दप्रसाद शर्मा वन तथा वातावरण मन्त्रालयमा, डा. दीपककुमार खराल कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा, डा. दीपक काफ्ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा, डा.रेवतीरमण पौडेल कृषि विकासमा र राधिका अर्याल उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएको उनले बताइन्।

प्रकाशित मिति : 17:21