काठमाडाैँकाे न्यूरोडमा कारले ठक्कर दिँदा १२ पैदलयात्रु घाइते
१२ मंसिर, काठमाडौँ । काठमाडौँको न्यूरोडमा एक निजी नम्बर प्लेटको कारले पैदल यात्रुलाई ठक्कर दिँदा १२ जना घाइते भएका छन् ।नेपाल बायु सेवा निगमको कार्यालय परिसरबाट बाहिर निस्कँदै गरेको बा १८ प ४७७३ नम्बरको कारले ठक्कर दिएर घाइते भएका सबैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी बृत्त जानकारी दिएकाे छ ।

घटनालगत्तै कार चालक भेषराज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक पौडेलले कारमा ब्रेक नलाग्दा दुर्घटना भएको बयान दिएका छन् ।
प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार १७:१९












