४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

२ हजारले बढ्यो सुनको भाउ, यस्तो छ कारोबार मूल्य


२० वैशाख, काठमाडौं । साताको पाँचौँ कारोबारको दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ५ सय रुपैयाँ  र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ८५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार १०:४५