९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

जोन्सन चार्ल्सको शतकमा वेष्टइण्डिज ‘ए’ विरुद्ध नेपाललाई २२८ रनको लक्ष्य


१९ वैशाख, काठमाडाैं । वेष्टइण्डिजले तेस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई २ सय २८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय २८ रनको योगफल बनायो । वेस्ट इन्डिज ‘ए’का लागि जोनसन चाल्र्सले शतकीय पारी खेले । उनले ६१ बलमा १३ चौका र सात छक्काको मद्दतमा एक सय १९ रन बनाए ।

यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । उनले ३३ बल खेल्ने क्रममा चार चौका र र तीन छक्का हाने । यस्तै फबिएन एलेनले १९, एलिक एथानाजेले १७ तथा किमो पलले अविजित १३ रन बनाए । बलिङतर्फ नेपालका लागि करण केसी र सागर ढकालले एक एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार १४:१७